बिर्तामोड । बेकरी उत्पादनमा पूर्वमा ख्यातिप्राप्त व्यावसायिक घरानाले झापाको बिर्तामोडमा डेढ करोडको लगानीमा रेष्टुरेन्ट सञ्चालन गरेको छ ।

ग्राहकको माग बमोजिम नैवेध्य रेष्टुरेन्ट सञ्चालनमा ल्याएको व्यवसायी राजु ढकालले जानकारी दिए । सोमबार एक समारोहका बीच रेष्टुरेन्ट शुभारम्भ गरिएको हो ।

गणपति बेकर्सका सञ्चालक ढकालले उक्त रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । गणपति बेकरी र दि क्याफेको सफलतापछि उनले नैवेध्य सञ्चालनमा ल्याएको जानकारी दिए । आकर्षक संरचना र शान्त वातावरण रहेको नैवेध्यमा पारिवारिक जमघटका लागि अनुकूल हुने ढकालको भनाइ छ । उनका अनुसार नैवेध्य सबै उमेर समूह र परिवारका लागि सुहाउँदो छ ।

अध्ययनका क्रममा अष्ट्रेलिया पुगेका ढकाल नेपाल फर्किएर बेकरी उत्पादनमा लागेका थिए । जिल्लामा सबैको रोजाइमा परेको गणपति बेकर्सले अहिले दि क्याफे सञ्चालन गरिरहेको छ । क्याफे र बेकरीमा आउने अधिकांश उपभोक्ताले फेमिली रेष्टुरेन्टको आवश्यकता छ भनेपछि ढकालले नैवेध्य सञ्चालनमा ल्याएका हुन् ।

अष्ट्रेलियामा समेत बेकरी मै काम गरेका ढकालले त्यहाँको सीपलाई स्वदेशमै खर्चिएका छन् । बेकरीको व्यावसायिक सफलताकै प्रेरणाले नैवेध्यबाट सेवा प्रारम्भ गरेको ढकालले जानकारी दिए । मङ्सिर १२ देखि १७ गतेसम्मलाई उद्घाटनको समय राखिएको छ । बिर्तामोडको गणपति रोडमा रहेको नैवेध्यले आम उपभोक्ताको चाहना बमोजिम खाद्यान्न उपलब्ध गराउने जनाएको छ ।