विजयपुर । खुकुरी एमेच्योर ओपन गल्फ प्रतियोगिता आयोजना गर्न धरान गल्फ क्लब र द नेपाल डिस्टिलरी प्रालिबीच एक वर्षको सम्झौता भएको छ ।
धरान गल्फ क्लबमा सोमबार सम्झौता भएको हो । प्रालिका असिष्टेन्ट ब्रान्ड मेनेजर अभिषेक प्रधान र क्लबका सचिव भरत तामाङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
खुकुरी रमको उत्पादक प्रालिले प्रतियोगिताको टाइटल प्रायोजन गर्दै क्लबलाई एक वर्षका लागि ११ लाख रुपैयाँ दिने सम्झौता भएको छ ।
खुकुरी रम एमेच्योर ओपन गल्फको पहिलो संस्करण भने यही शुक्रबार र शनिबार सम्पन्न भइसकेको छ । क्लबका सचिव तामाङले खुकुरी रमको मुख्य प्रायोजनमा पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएको र अर्को वर्ष पनि कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गरे ।