वराहक्षेत्र । वराहक्षेत्रको कालाबन्जरमा जारी छ्रैठौं भरौल अन्तराष्ट्रिय गोल्डकप फुटवलको विहिवार भएको दोश्रो दिनको खेलमा आयोजक न्यु स्टार लाई ट्राइबे्रकरमा हराउ“दै सिलुगुडीको कन्चनजंघा फुटवल क्लव सेममिाइनलमा प्रवेश गरेको छ ।
१÷१ गोलले खेल बराबर बनेपछि गराईएको ट्राईबे्रकरमा कन्चनजंघा ४ का विरुद्ध ५ गोल गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । फाईनल प्रवेशको उसले चैत्र १८ गते हुने पहिलो सेमिफाइनल राष्ट्रिय जागृती क्लव ईटहरी संग प्रतिस्पर्धा गर्नेछ ।
खेल शुरु भएको आधा घंटा कन्चनजंघाका डिफेन्डर सामेल हलदारको पासलाई सदुपयोग गर्दै सोनम लेप्चाले पहिलो गोल गरेर जितको खाता खोलेका थिए । पहिलो हाफको अतिरिक्त २ मिनेटमा आयोजकका सगेन राईले १ गोल गदैं खेल बराबर बनाएका थिए ।
गराईएको ७/७ जनाको ट्राईबे्रकरमा कन्चनजंघा वाट अरुण तामाङ्ग, सोनम लेप्चा,सुब्रोतो सोरेन,समेल हलदार,अमीर लामा र अतिस राईले गोल गरे ,भने आयोजक न्यु स्टारका खेलाडी साजन राई, अमीर लामा,सन्दिप श्रेष्ठ, दिपेन्द्र धमला र दिवस लिम्बुले गोल गरे ।
खेलको म्यान अफ दी म्याच कन्चनजंघाका अरुण तामाङ्ग घोषित हुँदै नगद ५ हजार रुपैंया प्राप्त गरे । गोल्डकपको आज हुने तेश्रो दिनको खेलमा डिफेन्डिङ्ग च्याम्पियन काठामान्डौंको क्षमादेवी प्लानिङ्ग बोईज र दार्जिलिङ्गको आमूक्त परिवार विच हुने आयोजकले बताएको छ । खेल नगरपालिकाको वार्ड नं ५ कालाबन्जर स्थित जगत्राथ डेडराज जनता माविको खेलमैदानमा भईरहेको छ ।