भरौल (ब्लाष्ट) रामधुनी नगरपालिका कार्यालय झुम्का सुनसरीको आर्थिक वर्ष २०७९/०८० को दोस्रो सार्वजनिक सुनुवाइ कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
इनरुवा–५ को सहजीकरणमा सम्पन्न सार्वजनिक सुनुवाइमा सहभागीहरूले विकास निर्माण, फोहोर व्यवस्थापन, शान्ति सुरक्षा, कृषि, पर्यटन, टोल विकास संस्थाबारे विभिन्न प्रश्न तथा सुझाव राखेका थिए ।
सहभागीको जिज्ञासालाई नगरप्रमुख शङ्करलाल चौधरी, उपप्रमुख तारा थापा, प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर थापाले दिएका थिए । शान्ति सुरक्षाबारेको जिज्ञासामा इलाका प्रहरी कार्यालय पकलीका इन्स्पेक्टर राजेन्द्र रायमाझीले उत्तर दिएका थिए ।
सहजकर्ता धीरेन्द्रकुमार चौधरीले नागरिक र बहिर्गमन प्रतिवेदन प्रस्तुत गरेका थिए । रामधुनी नपाका प्रमुख प्रशासकीय अधिकृतले नपाको दोस्रो चौमासिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै वडाहरूले पनि वडा कार्यालयको दोस्रो चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।