राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल महाराजगन्ज स्थित शिक्षण अस्पताल पुगेका छन् । 

पेटमा समस्या भएपछि शनिबार अस्पताल भर्ना भएका राष्ट्रपति  पौडेललाई भेट्न प्रधानमन्त्री दाहाल अस्पताल पुगेकाे प्रधानमन्त्री सचिवालयले जनाएको छ।

दाहालले पौडेल स्वास्थ्य अवस्थाबारे जानकारी लिदै सिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्। पौडेललाई चिकित्सकको निगरानीमा राखिएको शिक्षण अस्पतालले जनाएको छ।