झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कमल गाउँपालिकाको सभापतिमा केदारनाथ चापागार्इं चयन भएका छन् ।
कमल गाउँपालिका–३ स्थित सिंहदेवी सामुदायिक भवनमा आइतबार सम्पन्न भेलाले चापागाईंलाई सर्वसम्मत चयन गरेको हो । सो भेलाले सभापतिमा चापागाईंसहित १७ सदस्यीय समिति गठन गरेको छ ।
भेलाबाट पालिका सचिवमा यज्ञप्रसाद तिवारी, कोषाध्यक्षमा तुलसा चम्लागाईं गौतमलाई चयन गरेको छ । त्यसैगरी पालिका सदस्यहरूमा यमप्रकाश सुब्बा, विष्णु अधिकारी, सीता ओझा, ओमबहादुर विष्ट, मनोज सिवाकोटी, खगेन्द्रराज पौडेल, कृष्ण थापा, दिनेश घिमिरे, विष्णुमाया सिटौला, डम्बरबहादुर थापा, पुष्प न्यौपाने, रुद्र भण्डारी, पवित्रा अधिकारी र मातृका ढुङ्गेललाई चयन गरेको छ ।
भेलाका प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईंले ३० वर्षसम्म जनताका लागि कुनै पार्टीले काम नगरेकाले रास्वपा स्थापना भएको बताए । पार्टीका कमल गाउँपालिका सभापति केदारनाथ चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीको कोशी प्रदेश इन्चार्ज ओम भण्डारी, प्रदेश सदस्य एवम् प्रशिक्षण विभाग प्रमुख नारायण घिमिरे, झापा जिल्ला संयोजक उमेश खरेल, प्रदेश सदस्यहरू, विभिन्न पालिकाका सभापतिहरू तथा कमलवासीको उपस्थिति रहेको थियो ।