भद्रपुर । स्वर्गीय कृष्णभक्त नेपाल स्मृति छात्रवृत्ति पुरस्कार एक कार्यक्रमकाबीच प्रदान गरिएको छ । साविक भोजपुर कोट गाविस –४ हाल टेम्के मैयुङ् गाउँपालिका –७ स्थित सत्यदेवी प्राथमिक विद्यालय सानिटारमा अध्ययनरत ४ जना विद्यार्थीलाइ प्रदान गरिएको हो ।
झापा, मोरङ र काठमाडौँमा रहेका स्वर्गीय नेपालका सन्ततिले हजुरबुवा गोपिकृष्ण नेपालको पुण्य तिथि पारेर सोमबार प्रदान गरेका थिए । कक्षा ५ मा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने निशा शेर्पा, हुजर शेर्पा, आज्मी राइ, जोनित राइ, जेनिसा राइ र विविका राइलाई जनही २ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । दुई जना छात्र–छात्रालाई प्रत्ेयक वर्ष जनही २ हजारका दरले प्रदान गर्ने जनाइए पनि प्राविधिक कारण ४ वर्षको प्रदान गरिएको थियो ।
कार्यक्रममा अन्य विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज राइको सभापतित्व तथा वडा नम्बर ७ का वाड सदस्य धनप्रसाद नेपालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वर्गीय नेपालको परिवार भेषराज, लक्ष्मीप्रसाद, कमल र प्रधानाध्यापक पून्य प्रसाद श्रेष्ठले मन्तव्य राखेका थिए ।
विद्यालयका शिक्षिका पध्मा खतिवडा राइले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक रमेश राईले गरेका थिए । नेपाल परिवारले ०७५ सालमा स्वर्गीय कृष्णभक्त स्मृति छात्रवृत्ति प्रदानको घोषणा गरेका थिए ।