भरौल । झुम्का उधोग बाणिज्य संघ रामधुनी सुनसरीमा अध्यक्ष पदमा नबिन चौधरी बिजय भएको छ । अध्यक्ष पदमा चौधरीले ५१९ मत ल्याइ निर्वाचित भएको संघको निर्वाचन समितिका सदस्य चन्द्रभुषण झाले जानकारी दिए ।
अध्यक्ष पदमा दोस्रो भएका भोला रौनियारले २७६ मत प्राप्त गरे । अध्यक्ष पदकै उम्मेदवार रहेका दुर्गा फुयाल, संदिप गौतम र भरत कार्कीले क्रमशः ४३, २० र ११ मत प्राप्त गरेको छ ।
प्रथम उपाध्यक्ष पदमा डिल्लिराम गुरागाइ, द्वितिय उपाध्यक्षमा सुरेश चौधरीले , महासचिव पदमा प्रकाश बन्धु बस्नेत , बाणिज्य सचीवमा लोकनाथ गेलाल, प्रचारप्रसार सचिवमा हरी कार्किले ३२४, उधोग सचीवमा सिर्जना भट्टराईले र कोषाध्यक्षमा सुनिल कुमार चौधरीले निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्य पदमा अच्युत कृष्ण चौलागाईं , जिवन थापा मगर, नोबेल चौधरी , रोसन घिमिरे , लेखनाथ खतिवडा , संकर साह र सम्भु कुमार साह निर्वाचित भएका छन् ।
संघमा जम्मा मतदाता संख्या एक हजार ४९० रहेकोमा जम्मा मतदान ९५३ र बदरमत ४८ रहेको निर्वाचन समितिले जनाएको छ । संघको निर्वाचन सोमबार भएको थियो । भने मंगलबार राती मतगणना समापन भएको थियो । संघमा विभिन्न १५ पदका लागि ६० जनाले उम्मेदवार दर्ता गराएको थियो ।