विजयपुर (ब्लाष्ट) ब्लाष्ट टाइम्स दैनिकका प्रधानसम्पादक तथा कवि राजकुमार कार्कीलाई प्रेस चौतारी नेपाल सुनसरीले सम्मानित गरेको छ । 

कार्की प्रेस चौतारी नेपालका संस्थापक पनि हुन् । कुशल राजनीतिज्ञसमेत रहेका कार्कीको कुराकानीसहितको लघु जीवनी प्रस्तुत गर्दै सम्मान–पत्र र दोसल्ला ओढाई सम्मानित गरिएको हो । ‘सञ्चार डबली’ कार्यक्रम आयोजना गर्दै पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले कार्कीलाई सम्मान–पत्र तथा दोसल्ला ओढाएका थिए ।

पूर्वमन्त्री राईले भने, ‘धरान एउटा चर्चित ठाउँ हो । धनकुटाको घटनाका विषयमा सदनमा माननीयहरूले आवाज उठाउँदा पनि धरान भन्नु हुन्थ्यो । धरानजस्तो चर्चित ठाउँमा जन्मिनुभयो । सम्पादक कार्कीजस्तो राष्ट्रिय व्यक्तिलाई सम्मान गर्न पाएकोमा खुसी छु ।’ उनले ब्लाष्टले राजनीतिक परिवर्तनमा पनि ठूलो योगदान पु¥याएको बताए । 

प्रधान सम्पादक कार्कीले मुलुकको शासन प्रणाली परिवर्तनका लागि पत्रकारिता गर्दा पटक–पटक जेल जीवन बिताउनु परेको बताए । मुलुकको शासन प्रणाली परिवर्तनकै लागि पत्रकारितामा जीवन अर्पिएको बताउँदै भने, ‘अहिले राजनीति हुँदा खानेको भएन, हुने खानेको मात्रै भयो ।’ कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले मुलुकको आर्थिक अवस्था कमजार बनेको बताए । पत्रकार गोपाल देवानले सम्पादक कार्की बहुप्रतिभाशाली व्यक्तित्व भएको बताए ।

उनले भने, ‘उहाँको पत्रकारितामा मात्रै होइन । साहित्य र राजनीतिमा पनि उत्तिकै योगदान छ ।’ उनले पत्रकारिता गरेकै आधारमा पक्राउ गरी प्रहरीले चरम् यातानासमेत दिएको बताए । वरिष्ठ पत्रकार हर्ष सुब्बाले मुलुकको शासन प्रणाली र समाजको चेतनास्तर वृद्धि गर्न पत्रकारको भूमिका महŒवपूर्ण भए पनि योगदानको कदर नहुने गरेको बताए । उनले भने, ‘पत्रकारले महŒवपूर्ण भूमिका खेले तर, उमेर ढल्किँदै गएपछि बेसहारा बन्नुपरेको छ ।’

वरिष्ठ पत्रकार कृष्णविनोद लम्सालले पत्रकारिताको माध्यमले समाज परिवर्तनमा मात्रै नभई राजनीतिक परिवर्तनमा पनि कार्कीको महŒवपूर्ण योगदान रहेको बताए । उनले भने, ‘हामी कार्यक्रमबाट नै गिरफ्तार भयौँ ।’ नेकपा (एमाले) प्रदेश सदस्य मुरारी सुवेदीले कार्की प्रेस चौतारी नेपाल सुनसरीको संस्थापक अध्यक्ष भएको बताए । कार्कीले पत्रकारिता, राजनीतिक र साहित्यमा त्रिपक्षीय योगदान दिएको उनले बताए ।

एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारी सुवेदीले सम्पादक कार्कीजस्ता व्यक्ति ओझेलमा परेकाले नै प्रभावशाली नेतृत्वको अभाव भएको बताइन् । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश सचिव देवेन्द्र कार्की, प्रेस चौतारीका केन्द्रीय सदस्य सन्तोष काफ्लेलगायतको उपस्थिति रहेको थियो । प्रेस चौतारी सुनसरी अध्यक्ष सुभद्रा प्याकुरेलले सञ्चार डबली हरेक तीन तीन महिनामा कार्यक्रम गर्ने योजना बनाइन् ।