बर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर १ ले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बिरामीहरुको लागि रगतमा लाग्दै आएको शुल्क प्रदान गर्ने व्यवस्था ग।रेको छ ।

विरामी भएर रगत आवश्यक परेको अवस्थामा वडाले रगतमा लाग्दै आएको शुल्क उपलव्ध गराउने भएको हो । त्यसका लागि वडा कार्यालय र जिल्ला रेडक्रस सोसाइटी झापा विच द्विपक्षीय सम्झौता भएको छ । वडा नम्बर १ का अध्यक्ष अग्नि प्रसााद पाण्डे र जिल्ला रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यसका लागि वडाले रेडक्रस झापालाई भने वार्षिकरुपमा शुल्क तिर्नु पर्ने छ । वडाले हरेक वर्ष एक लाख रुपैयाँ तिर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको वडाअध्यक्ष पाण्डेले जानकारी दिए । उनले अब हरेक वर्ष रगतको शुल्क तिर्ने योजना रहेको बताए ।

बिरामीको लागि रगत आपूर्तिमा निशुल्क वडा बनाउने उदेश्यका साथ वडाअध्यक्ष स्वास्थ्य सहायता कार्यक्रम लागु गरिएको नगरका प्रवक्तासमेत रहेका भएका वडाअध्यक्ष पाण्डेले बताए । यो कार्यक्रम लागु भएपछि लक्षित वर्गको १ युनिट रगत प्राप्त गर्दा लाग्ने खर्च ९ सय ५० रुपैयाँ बचत हुनेछ ।

रगत प्राप्त गर्नको लागि आकस्मिक अवस्थामा बिर्तामोड नगरपालिका वडा नम्बर १ को वासिन्दा भएको कुनै पनि प्रमाण पत्रको प्रतिलिपि पेश गर्नु पर्ने छ । अन्यथा वडाको सिफारिस अनिवार्य छ । यो कार्यक्रम बैशाख महिनाको अन्तिम सातादेखि लागु हुने वडा कार्यालयले जनाएको छ ।

यस प्रकारको कार्यक्रम जिल्लाको मेचीनगर, भद्रपुर, बाह्रदशी लगायतका पालिका तथा वडाहरुमा लागु भएको जिल्ला रेडक्रस सोसाइटी झापाका सभापतिलोकराज ढकालले जानकारी दिए ।