देउराली । वडालाई नै लागू पदार्थ दुर्व्यसन रहित वडा बनाउन धरान उपमहानगरपालिका वडा नम्बर ४ मा दुई दिने सचेतना कार्यक्रम सुरु भएको छ ।
धरान उपमहानगरपालिका वडा नम्बर ४ को सहयोग र जनता मिडिया हब धरानको आयोजनामा उक्त दुई दिने सचेतना कार्यक्रम सुरु भएको हो । पहिलो दिनको सचेतना कार्यक्रम शनिवार वडा कार्यालयको भवनमा सम्पन्न भएको छ ।
वडालाई लागु पदार्थ सहित बनाउनको लागि धरान उपमहानगरपालिका वडा नम्बर ४ को वडा कार्यालयले दुई दिने लागू पदार्थ विरुद्धको दुई दिने सचेतना कार्यक्रम आयोजना गरिएको औपचारिक कार्यक्रमको उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष धन बहादुर राईले बताउनु भयो । उहाँले भन्नु भयो,‘विकराल बन्दै गएको लागू पदार्थ दुर्व्यसनलाई न्यूनीकरण गर्न प्रमुख काम भएको छ,त्यसैले स्थानीय सरकार,प्रहरी र वडावासी मिलेर यो अभियान हामीले सुरुवात गरेको हौँ,वेलैमा सचेत बन्न जरुरी छ,सबैसँगको सहयोग,सहकार्य र सल्लाह सुझाव सहित वडालाई दुर्व्यसन मुतm वडा बनाउन हामी प्रतिबद्ध रहेका छौ ।’
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक रञ्जन मिश्र प्रमुख प्रशिक्षक,किरात याक्थुम चुम्लुङ पुनर्जीवन केन्द्र धरानका काउन्सीलर पर्वत राई, नेकपा एमाले जिल्ला सुनसरी सदस्य एवम् धरान उपमहानगर कमिटी इन्चार्ज नारायण सुवेदीले सहभागीलाई प्रशिक्षण दिनु भएको थियो ।प्रहरी निरीक्षक मिश्रले लागू पदार्थ दुर्व्यसनको अवस्था र त्यसको असर बारेमा प्रशिक्षण दिनु भएको थियो । प्रमुख प्रशिक्षक मित्रले भन्नु भयो,‘धरानमा सबै भन्दा बढी लागु पदार्थ दुर्व्यसनको मुद्दा प्रहरीले हेर्ने गरेको गरेको छ,दैनिक आधा दर्जन प्रयोग कर्ताहरूलाई प्रहरीले पक्राउ गर्दै आएको छ,त्यसैले लागु पदार्थ दुर्व्यसनकै कारण धरानमा झैँ झगडा र हिंसात्मक गतिविधि समेत बढ्ने गरेको हो।’कार्यक्रमका प्रशिक्षक पर्वत राईले लागू पदार्थ दुर्व्यसनमा फसेकाहरूलाई कसरी पुनः जीवन दिन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिनु भएको थियो भने युवा के हुन र युवाको जिम्मेवारी के हो भन्ने विषयमा नारायण सुवेदीले प्रशिक्षार्थीलाई प्रशिक्षण दिनु भयो ।
पहिलो दिनको सचेतना कार्यक्रम वडा नम्बर ४ को हर्दिया, मनुवाटार,दानावारी,सुमनटार,खैरेनी,वसन्तटार र पत्रंगवारीका ३० जना किशोर किशोरीहरूको उपस्थितिमा भएको हो भने कार्यक्रमको अध्यक्षता आयोजक संस्था जनता मिडिया हब धरानका सल्लाहकार एवम् फोटो पत्रकार संघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राईले गर्नु भएको थियो ।
भोलि (सोमबार) धरान वडा नम्बर ४ को गैरी गाउँमा दिउँसो दोस्रो दिनको कार्यक्रम आयोजना हुने आयोजक संस्था जनता मिडिया हब धरानले जनाएको छ ।