वराहक्षेत्र नगरपालिका  १ चावचा बासीको खानेपानी समस्या समाधान गर्न नगरपालिकाले श्रमदान अभियान सुरु गरेको छ । 

खानेपानीको लागि वर्षौँ अघिदेखि १ घण्टा हिँडेर खोला धाउँदै आएका चावाचा बासीको खानेपानी समस्या समाधान गर्न बुधबार  नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत देखी  सम्पूर्ण वडाका वडाध्यक्ष वाड सदस्यसहित उपमहानगरका विभिन्न शाखाका कर्मचारीले श्रमदान गरेका छन् । 

अभियानमा  स्थानीय दुधपानी खोलाको सिरानमा ३२ सय मिटर खानेपानीको पाइप बिछ्याइएको थियो । पुरानो ट्याङ्कीमा पाइप जडान  गरेपछि अब चावाचा बासीले अस्थायी रूपमा खानेपानी पाउने भएका छन्  ।

स्थायी खानेपानी समस्या समाधानको लागि  नयाँ इन्टेक निर्माण गरिने बताएका  नगरप्रमुख रमेश कार्कीले चावचाको समस्या समाधान नभएसम्म निरन्तर श्रमदान गरिरहने बताए । 

खानेपानीको समस्या समाधान हुने भएपछि स्थानीयले खुसी व्यक्त गर्दै वर्षै देखी भोग्दै आएको दुःख समाधान हुने भएको बताएका छन् । 

चावाचा जस्तै खानेपानीको समस्या भोगिरहेको साबिकको ७,८ र ९ का ८ सय घरधुरीकालागी खानेपानीको दीर्घकालीन समाधान गर्न प्रदेश र संघ सरकारका साथै विभिन्न संघसस्थासँग पहल  गरिने पनि जानकारी गराएका थिए  ।