देउराली । हिजो भएका धरान १७ को घटनालाई लिएर इलाका प्रहरी कार्यालयमा तनावको स्थिति बनेको छ ।
हिजो वडाकार्यलयमा अभद्र व्यवहार गरेको भन्दै पक्राउ प्रहरीले ३ जनालाई पक्राउ गरेकोपछि आज इलाका प्रहरी कार्यालयमा नगर प्रमुख हर्कराज राई समर्थित र अन्य जनप्रतिनिधि समर्थित बिच द्वन्द्व स्थिति बनेको छ ।
दुई पक्ष बिच पक्राउ परेका तीन जनालाई छुटाउने वा कानुन बमोजिम सजायको भागेर बनाउने भन्ने विषयमा कार्यालय भित्र छलफल भइरहँदा बाहिर भने नाराबाजी भएको छ । दुई पक्ष बिच झडप हुने स्थितिको आङ्कलन गर्दै प्रहरीले सुरक्षा बल बढाएको छ भने भिड नियन्त्रण गर्ने प्रयास गरिरहेको छ ।
वडाध्यक्ष समर्थितले नगरप्रमुख हर्कराजले धरानमा द्वन्द्व भड्काउने प्रयास गरेकाे भन्दै उनि विरूद्ध नाराबाजी गरेका छन् । उनिहरूले वडाकार्यालयका अराजकता देखाउनेलाइ कुनैपनि हालतमा कानुनी कारवाही गरिनु पर्ने भन्दै माग राख्दा नगरप्रमुख समर्थितले वडाध्यक्ष विरूद्द नाराबाजी गर्दै, पक्राउ परेकालाइ छाडिनु पर्ने माग राखेका छन् ।
आइतबार, वडा कार्यालयमा आएर कार्यवाहक अध्यक्षलाई एक समूहले टिएओको हबला दिँदै ज्ञापन पत्र बुझाएको थियो । सोमबार त्यही ज्ञापन पत्र तथा बजेटका विषयमा वडाका टिएलओका प्रतिनिधिहरूसँग छलफल हुँदै गर्दा गोविन्द बहादुर श्रेष्ठलगायतका समूह बैठक कक्षमा प्रवेश गरी अभद्र व्यवहार देखाएपछि प्रहरीलाई खबर गरी पक्राउ गर्न लाएकोमा प्रहरीले ६५ वर्षीय गोविन्द सहित धरान १७ का ३५ वर्षीय ललित राई र २४ वर्षीय लाक्पा तेन्जिङ सेर्पालाई पनि पक्राउ गरेको थियो ।
यसअघि आइतबार गोविन्द सहितको समूहले टिएलओको ज्ञापन पत्र भनिएकोमा उक्त पत्र टिएलओका आधिकारिक नभएको पनि बताइएको छ ।
इलाका प्रहरी कार्यालय परिसरमा दुवै पक्ष बिच छलफल भइरहेको भए पनि द्वन्द्व भड्किन सक्ने भन्दै राजनीतिक दल, वडाध्यक्ष तथा अन्य जनप्रतिनिधिका साथै नगरप्रमुख बिच राजनीतिक समझदारी गरी द्वन्द्व भड्कन रोक्नु पर्ने माग समेत भइरहेको छ ।