देउराली । सोमबार धरान उपमहानगरपालिका वडा नम्बर १७ मा अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ परेका तीन जनामाथि अभद्र व्यवहार मुद्दामा म्याद थप गरिने भएको छ । इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी नवराज मल्लका अनुसार उनीहरूमाथि म्याद थप गरिने भएको हो ।
हुल हुज्जतका साथ वडा कार्यालयमा पुगेर जनप्रतिनिधि र टिएलओसँग भए रहेको छलफल भाँड्ने गरी अभद्र व्यवहार गर्नुका साथै वडाध्यक्ष सूर्य बहादुर भट्टराई (मनोज) आक्रमण समेत गरेको भन्दै सोमबार स्थानीय ६५ वर्षीय गोविन्द बहादुर श्रेष्ठ ३५ वर्षीय ललित राई र २४ वर्षीय लाक्पा तेन्जिङ सेर्पालाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेसँगै वडा सदस्य मनिस विष्टले जाहेरी उजुरी दिएका थिए । आपसी छलफल गरी सहमति गर्न आज इलाका प्रहरी कार्यालय धरानमा दुवै पक्षलाई बोलाइएको सहमति नभएपछि जाहेरी फिर्ता नहुने स्थिति बनेकाले पक्राउ परेकाहरूलाई म्याद थप गरिएको डिएसपी मल्लले बताए ।
उनले भने " जाहेरी फिर्ता हुने स्थिति बनेन जाहेरी फिर्ता नभएपछि म्याद थप गर्नुपर्ने हुन्छ, म्यद थप भइसक्याे भन्दा हुन्छ । "
‘उपमहानगरपालिका प्रेस स्वतन्त्रताको पक्षमा छ’ (blastkhabar.com)
धरान १७ को घटना: नगरप्रमुख समर्थक र वडाध्यक्ष समर्थत अमने सामने (भिडियाेसहित) (blastkhabar.com)
नगरप्रमुख हर्कराजले मुद्दा फिर्ता लिन दबाब दिए – २८ जनप्रतिनिधि (blastkhabar.com)