देउराली । किर्ते हस्ताक्षर गरी  टिएलओका पदाधिकारीहरूको चरित्र हत्या गरेको भन्दै धरान १७ का जनप्रतिनिधिमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका  गोविन्द श्रेष्ठ विरुद्ध १७ नम्बर वडाका १४ वटा टिएलओका पदाधिकारले इलाका प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।

श्रेष्ठले आइतबार ४१ वटा टिएलओको हस्ताक्षर रहेको भन्दै १७ का कार्यवाहक अध्यक्ष मनिस विष्टलाई ज्ञापज्ञापन पत्र बुझाएका थिए । तर, श्रेष्ठले बुझाएको ज्ञापन पत्रमा उल्लेख भएका टिएलओ र त्यहाँ त्यसका प्रतिनिधिहरूसँग कुनै समन्वयन नगरी उनीहरूको नाम र हस्ताक्षर किर्ते गरेको भन्दै ती १४ टिएलओ इलाका प्रहरी कार्यालयमा निवेदन दिएका छन् । 

उनीहरूले  समाजमा भ्रम सृजना हुने गरी ज्ञापन पत्र दिइ समाजमा सामाजिक सद्भाव भड्किएर अशान्ति भएको भन्दै   शान्ति सुरक्षाको व्यवस्था गर्न इलाका प्रहरी कार्यालयलाई माग समेत गरेका छन् । 

श्रेष्ठले ज्ञापन पत्र बुझाउने क्रममा आफू नगरप्रमुख हर्कराज राई को मान्छे भन्दै   ३ दिनको अल्टिमेटम दिएका थिए । अल्टिमेटम भित्र कार्यपालिका बैठक नबसे वडा कार्यालयमा ताला लगाउने, कालोमसो दल्ने तथा जेपनी हुने भन्दै  चेतावनी दिएका थिए । 

सोमबार, वडा अध्यक्ष सूर्य बहादुर भट्टराई (मनोज) तथा वडाका विभिन्न टिएलओका  प्रतिनिधिहरू बिच छलफल भइरहेका अवस्था हुल हुज्जत पुगेका उनीलगायतका तीन जनाले वडाध्यक्ष भट्टराईलाई आक्रमण गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।