देउराली । धरान उपमहानगरपालिका ५ नम्बर वडा स्थित खैरेनीमा आगलागी भएको छ।
स्थानीय भिमराज लिम्बूको कृषि फर्ममा आगलागी भएको हो । आगलागीका कारण विक्रीका लागी तयार अवस्थामा रहेका ८ सय कुखुरा जलेर नष्ट भएको अस्थायी प्रहरी चौकी देउरालीले जनाएको छ । बङ्गुर तथा माछा फार्म सँगै रहेको कुखुराको फर्मबाट आगलागी हुँदा कुखुरा फार्म भने पूर्णरूपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागी भएको करिब डेढ घण्टामा स्थानीय तथा धरान उपमहानगरपालिकाको दुई वटा दमकलको प्रयोगले आगो नियन्त्रणमा आएको प्रहरीले जनाकारी दिएको छ ।
प्रारम्भिक अनुसन्धानका अनुसार विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।
अस्थायी प्रहरी चौकी देउराली एक प्रहरीले भने " भख्खरै आगो नियन्त्रणमा आएको छ । बिक्रीका लागी तयार भएको कुखुरा सबै नष्ट भएको छ । करिब २ सय स्थानीय र दमकलको साहयताले चाडै आगो नियन्त्रणमा लिन सकिएकोले बङ्गुर फार्ममा भने क्षति भएको छैन । "
आगलागीका कारण भएको क्षतिको पूर्ण विवरण भने आइसकेको छैन ।