देउराली । धरान खानेपानी व्यवस्थापन बोर्डको बैठक एक हप्ता भित्र बोलाउन  उद्योग वाणिज्य संघ सुनसरीले अनुरोध गरेको छ । आज बोर्डको कार्यालयमा पुगी पदेन सदस्य रहेको उद्योग वाणिज्य संघले  बोर्डका कार्यकारी निर्देशक  राजु पोखरेललाई ४ बुँदाको प्रश्नसहित जानकारीका माग पत्र बुझाउँदै  बैठक बोलाउन अनुरोध गरेको हो । 

 खानेपानी व्यवस्थापन बोर्ड ऐन २०६३ को दफा १० को उपदफा २ बमोजिम सुनसरी उद्योग वाणिज्य संघ बोर्डको पदेन सदस्य हो । विगत एक वर्षदेखि भने खानेपानी बोर्डको बैठक बस्न नसकेपछि  बोर्डको दैनिक गतिविधिहरू के कस्तो प्रक्रिया तथा निर्देशनबाट सञ्चालन भइरहेको छ भन्ने जिज्ञासासहित संघले  जानकारीको माग गरेको छ । 

संघले  एक वर्षदेखि बैठक बस्ने  जानकारी नभएको भन्दै  बोर्डको नियमित काम काम कारबाही, हरहिसाब विधि, पद्धति र प्रक्रियाबाट सञ्चालन भएको छ कि छैन भनी चार बुँदे  जिज्ञासाको जानकारी माग गरेको छ । 

जिज्ञासा बैठक बसेको छ कि छैन ? बसेको भए किन नबोलाएको ?  हालसम्म सम्पन्न भएका  हरहिसाब नियमित बैठकको प्रक्रिया पुरा गरेर गरेको छ कि छैन ? चालु आर्थिक वर्षको आय व्यय हरहिसाब हालसम्म बोर्ड बैठकबाट पारित गरिएको छ कि छैन ?  भन्ने प्रश्न गरेको छ ।

बोर्डको विधान अनुसार धरानका  नगर प्रमुख पनि पदेन सदस्य हुन् । तर नगर प्रमुखमा हर्कराज राई  निर्वाचित भएर आएसँगै  उनी अध्यक्षको हैसियतमा काम गरिरहेका छन् भने , उनी निर्वाचित भएर आएसँगै  बोर्ड कुनै बैठक बसेको छैन । तर,बोर्ड ऐन २०६३ को दफा १४ को उपदफा १ बमोजिम वर्षको ६ पटक वा तिन महिनाको फरकमा बोर्ड बैठक अनिवार्य बस्नुपर्ने प्रावधान छ । 

जिज्ञासाको उत्तर माग गर्दै आएका संघका अध्यक्ष विजय श्रेष्ठ, पुर्वअध्यक्ष गिरीधारी सापकोटा, वर्तमान प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठ, महासचिव महेन्द्र प्रधान, वाणिज्य सचिव किसन मास्केलगायतको टोलीलाई  कार्यकारी निर्देशक पोखरेलले मागबारे नगर प्रमुख साम्पाङ लाई जानकारी गराउने बताए । उनले कतिपय निर्णयहरू अध्यक्ष ९नगर प्रमुख साम्पाङ० स्तरीय भएर काम भएको बताए पनि  ती निर्णयहरू भने बोर्ड बैठकबाट अनुमोदन हुनुपर्ने पनि बताए ।