वराहक्षेत्र । वैदेशिक रोजगारीमा साउदी अरब पुगेका १३ जना नेपाली अलपत्र परेका छन् । 

 साउदीको मक्का सहर स्थित अल अवाम कन्ट्राक्टिङमा कम्पनीमा काम गर्न पुगेका उनीहरूलाई कम्पनीका म्यानेजरले कोठाबाट निकाली दिएपछि ५ दिन देखी अलपत्र परेको पीडित तैयव मिया अन्सारी बताए । उनका अनुसार जाहाँगीर नाम गरेका म्यानेजर  कोठामा  कम्पनीले उपलब्ध गराएको कोठामा रहेको नेपालीहरूलाई जेलमा सडाई दिने भन्दै मे १२ मा कोठाबाट निकालेका थिए । 

म्यानेजर जाहाँगीरले कोठाबाट निकालेपछि ५ दिन देखी पुल मुनी बस्न बाध्य भएको उनले बताए । 

२ महिना अगाडी काठमान्डौंको बसुन्धारा स्थित केपी इन्टरनेशनल ओभरसीज म्यानपावर कम्पनी मार्फत साउदी पुगेका कलैया जिल्ला जितपुरका तैयव मिया अन्सारी, नजाम शेख र शाह मन्सुर, रौतहटका शेख अन्सारुल हक समिम, मोहम्मद हासिम मिया पर्साको, पर्वत बेनी बजारका सददम हुसैन,धनुषाका साहबत राईन र मोहम्मद आलम, यसै गरी वीरगन्जका शेख अफजल, शैयाद अन्सारी र सिमराका आजाद अन्सारी यसै गरी रौतहटका मोहम्मद बिलाल,एमडी रमातुल्ला नदाब, मोहम्मद फैजल इमाम गरी १३ जना रहेको  पर्वतको बेनी बजारका सद्दाम हुसैनले बताए ।

5 1

उनले भने  ‘हामीलाई लामो समयसम्म काम  दिएन,  काम माग्न जाँदा आफूहरूले नजानेको काम जबरजस्ती गर्नु भन्छ । हामीले जुन काम कालागि आएको हौँ त्यही काम देऊ भन्दा म्यानेजरले ज्यान मारेर फालिदिन्छु भन्दै धम्की दियो ।'

हुसेनले केपी ओभरसीजबाट साउदी स्थित अल अवाम कम्पनीका कामदारका रूपमा मस्जिद क्लिनरको रूपमा काम गर्न गएको भए पनि होटेलमा काम गर्नु  भनेपछि भाषाको समस्याका कारण काम गर्न नसकिएको बताए ।

 उनले भने  मस्जिद क्लिनरको काम गर्ने भाषाको समस्या हुँदै भनेको थियो तर, यहाँ होटेलमा काम गर्नु भन्छ हामीलाई  न अग्रेजी आउँछ,  न साउदी भाषा नै आउँछ  कसरी काम गर्ने रु  सम्झौता अनुसार काम माग्दा कोठाबाट निकाली दियो  ६ वर्ष जेल हाल्छु भन्दै धम्की दिन्छ ।'

पुलमा बस्दा  प्रहरीले भगाउने गरेको भन्दै बारा जितपुरका इमाम हुसैनले आफ्नो पासपोर्ट, २ थान मोबाइल  चोरी भएको बताएका छन्  । उनले आफूसँग भएको पैसाबाट  चिउरा भुजिया खाएर  गुजारा गरिरहेको भए पनि त्यो पनि सकिएको भन्दै भोकै प्यासै असुरक्षित भएर बस्नुपरेको बताएका छन् । उनिले आफूहरूमाथि जे पनि हुन सक्ने भन्दै नेपाल फकाई दिन भन्दै गुहार गरेका छन् ।

हुसेन भन्छन्  यहाँ कतिखेर के हुने हो डर लागिरहेको छ, कुनै  नेपाल फर्किन पाए ज्यान बच्छ की भन्ने आस छ ।’ 


कामदारका आफन्तले दिए केपीको विरुद्ध उजुरी

साउदी बिचल्ली भएपछि नेपालमा उनीहरूको आफन्तले केपी ओभरसीज विरुद्ध वैदेशिक रोजगारी विभागमा वैशाख ३१ गते उजुरी दिएका छन् । 

करार सम्झौता अनुसारको काम,तलब, सेवा सुविधा उपलब्ध नगराएको हुँदा उनीहरूलाई स्वदेश फिर्ता गर्नु पर्ने भन्दै आफन्तले दिएको लिखित उजुरीपछि वैदेशिक रोजगारी विभागले बसुन्धारा स्थित म्यानपावर कम्पनीलाई लिखित जवाफसहित विभागमा उपस्थित हुन पत्राचार गरेको सद्दाम हुसैनका बुबा जमिल मियाँले बताए ।

उनले केपी इन्टरनेशनल ओभरसीजका चेयरम्यान निर्मल राय अमातले सक्छौ भने सर्वोच्च अदालत जाऊ भन्दै धम्की दिने गरेको तैयब मियाँका भाइ सैयदले बताए ।