प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेकेो नीति तथा कार्यक्रमको छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको आर्थीक अवस्थालाइ लुकाउन खोजीएको बताएा छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको दुई महिना पुग्दानपुग्दै मुटु प्रत्यारोपण गर्नतिर लागेको भन्दै विशाल हृदयका साथ आफूले नीति तथा कार्यक्रमको दस्तावेज सुनेको र पढेको बताएका छन् ।
उनले भने ' नीति तथा कार्यक्रमको आधारस्तम्भ पहिल्याउने कोसिस गरें । कुन गन्तव्यका लागि यो नीति तथा कार्यक्रम आएको छ रु त्यो मैले पहिल्याउने कोसिस गरें । कार्यान्वयनको मोडालिटी र ढाँचा कसरी तय भएको रहेछ अध्ययन गर्ने कोसिस गरें । निर्वाचनको क्रममा जनतासँग मत माग्दा खासगरी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित गठबन्धनका दलहरुको घोषणापत्र र यस नीति तथा कार्यक्रमको लेखाजोखा पनि गरें,’
ओलीले भने, ‘लुकाउन मात्र होइन, रोम जलिरहेछ निरो बाँसुरी बजाइरहेछ ।’