देउराली ।  आफ्नै घरमा आगलागीका कारण भारतमा उपचार गरेर फर्केका नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभाका सदस्य चन्द्र भण्डारी प्रतिनिधि सभा संसद् बैठकमा उपस्थित भई नीति तथा कार्यक्रमका छलफलमा भाग लिएका छन् ।

उनको निवास बुद्ध नगरमा ग्यास लिक भई  फागुन ३ आगलागी हुँदा घाइते उनी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए  आमाको फागुन ४ मा निधन निधन भए पनि उनी भने बाच्न सफल भएका थिए । 

घाइते उनको फागुन ४ मा थप उपचारका लागि  भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराएर गत वैशाख १७ मा स्वदेश फर्किएका थिए । नेपाल फर्किए पनि पुर्णरूपमा स्वस्थ अवस्था ठिक नभएको हुनाले संसद् भवनमा उपस्थित हुन नसकेका उनी पछिल्लो समय संसद्को उपस्थित हुँदै आएकामा आजको बैठकमा रोष्टममा उभिएर आफ्नो विचार राखेका छन् । 

रोष्टममा आइपुग्न मर्यादा पालकहरूले सहयोग गरेका थिए । उनले ग्यस र विद्युतबाट हुने आगलागी दुर्घटनाका बारेमा  आमजनतालाई आवश्यक कुरा सिकाइनुपर्ने  भन्दै उक्त कुराहरूलाई पाठ्यक्रममा पनि समावेश गरिनुपर्ने धारणा राखे । 

उनले भने ‘ग्यास उद्योगलाई स्वचालित रेगुलेटर राख्न भन्नुपर्‍यो, कानुन बनाउनुपर्‍यो,’ उनले भने, ‘मेरोजस्तो परिवेश नेपालीहरूले भोग्नुपरेको छ। जलनबाट गत वर्ष ११० जनाले मृत्युवरण गर्नुभएको थियो। अहिले वर्ष १११ जनाको मृत्यु भएको थियो।’

उनले आफूलाई उद्धार र उपचार गर्न सहयोग गरेकोमा सरकारलाई धन्यवाद पनि दिएका छन्। ‘सांसद, डाक्टर र सरकारलाई आभार र धन्यवाद व्यक्त गर्दछु,’ उनले भने।