देउराली । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज  जिल्ला अदालत काठमाडौंमा ३० जना विरुद्ध मुद्दा दर्ता गरेको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगि गरिएकाे उक्त प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले दर्ता गरेकाे उक्त मुद्दमा अाराेपी ३० जना उपर ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहित विरुद्धको कसूर र संगठित अपराध मुद्दामा कारबाही गर्न माग गर्दै मुद्दा दायर गरिएकाे छ । 

यो प्रकरणमा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व ग्रहमन्त्री बालकृष्ण खाँण, पूर्वसभासद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत ३० जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो । मुद्दा दर्ता गरिएकामध्ये १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् ।

 उनीहरूबाट २७ करोडभन्दा बढी रुपैयाँ विगो दाबी गरिएको छ।

मुद्दा दर्ता भएका प्रतिवादीहरू

 केशवप्रसाद दुलाल, सानु भण्डारी,  सागर राई, सन्देश शर्मा,  टंककुमार गुरुङ,  इन्द्रजीत राई,  टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, टेकनारायण पाण्डे, नरेन्द्र केसी,  गोविन्द चौधरी,  रामशरण केसी,  बालकृष्ण खाण, आङटावा शेर्पा,  शमशेर मियाँ, टेकनाथ रिजाल,  केशव तुलाधर, लक्ष्मी महर्जन,  हरिभक्त महर्जन, अशोक पोखरेल,  धिरेन राई,  दिपा हुमागाई,  निरज राई, राजेश अर्याल,  मोहनराज राई, आषिश बुढाथोकी,  सावदेन लिम्बू, निरञ्जनकुमार खरेल, सुनिल बुढाथोकी, प्रतीक थापा रहेका छन् ।