टीकापुर भएको हिंसात्मक घटनाको देशी ठहर भई जन्मकैद सजाय काटीरहेका पूर्व सांसद रेसम चौधरिलाई सरकारले आम माफी दिने तयारी थालेको छ ।
२०७२ भदौमा थारु आन्दोलनका क्रममा टिकापुरमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने भएको हिंसात्मक घटनामा सर्वोच्चले जेठ २ गते दोषी ठहर गर्दै जन्म कैद फैसला गरेको थियो । यस अघि उक्त घटनामा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएका रेशम चौधरीमाथि सर्वोच्चले जिल्ला अदालत र उच्च अदालतको फैसला सदर गरेको हो ।
चौधरीको बाँकी कैद सजाय माफी गर्ने हुनु पर्ने भनी पेश भएको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेका राष्ट्रपति रामचन्द्र पौडेलको एक सल्लाहकारले बताएका छन् । उनले उक्त विषयमा मंगलबार प्रधानमन्त्री स्वयम राष्ट्रपति कार्यालयमा पुगेको बताए ।
संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुल्तबी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था छ ।
सरकारले १५ जेठ गणतन्त्र दिवसका अवसरमा चौधरीलाई माफी मिनाहा दिन तयारी गरेको हो । चौधरी १५ फागुन, २०७४ देखि थुनामा छन् । उनलाई अदालतले तोकेको जन्मकैदको सजाय अनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने थियो ।