देउराली ।  जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा निषेधाज्ञा जारी गरेको छ  ।  कोशी प्रदेशको नामकरणका कारण  असहमत आन्दोलनरत पहिचानवादी पक्षधरहरूको आन्दोलनका कारण शान्ति सुरक्षामा असर पर्न सक्ने भन्दै प्रशासन कार्यालयले आजबाट निषेधाज्ञा जारी गरेको हो । 

कार्यालये एक सूचना जारी गर्दै असहमत विविध समूह तथा पक्षबाट विरोध, धर्ना, जुलुस, आयोजना गरी शान्ति सुरक्षामा असर पार्न सक्ने भएकोले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज एवं सामान्य तुल्याई राख्न  भन्दै आज बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस भेला, र्‍याली, धर्ना जस्ता कार्यहरू गर्न निषेध  गरिएको जनाएको छ । 

निषेध गरिएका स्थानहरूमा  प्रदेश सभा पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोकसम्मको क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्मको क्षेत्र,  मुख्यमन्त्री निवास वरिपरि ३०० मिटर सम्मको क्षेत्र, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि ३०० मिटर सम्मको क्षेत्र, र जिल्ला प्रशासन कार्यालय, मोरङ डाँफ चोकदेखि पूर्वको क्षेत्रसम्म निषेध गरिएको छ । 

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३ क) वमोजिम प्रशासन कार्यालयले जारी गरेकाे उक्त निषेधधाज्ञाकाे उल्लङ्घन गरे  प्रचलित कानून बमोजिम कारबाही गरिने  कार्यालयले जारी गरेकाे उक्त सुचनामा उल्लेख छ । 

suchana-1156x1536-1