देउराली । धरान उपमहानगरपालिकाले ल्याण्डफिल साइडमा छिर्ने बाटोमा बनाएको संरचना भत्काएको भन्दै पाँचकन्या सब डिभिजन वन कार्यालय परिसरमा फोहोर फ्याँकिएको छ ।
धरान १५ स्थित बाँझगरा वन उपभोक्ता समितिको वन क्षेत्रमा रहेको ल्याण्डफिल साइड जाने बाटोमा उपमहानगरपालिकाले बनाएको कङ्क्रिटको गेट तथा टहरा वन कार्यालयले भत्काइदिएको भन्दै कार्यालय परिसरमा ट्याक्टरमा लगेर फोहोर फालेको समीर तामाङले बताएका छन् ।
उनले धरान महानगरपालिका र बाँझगर सामुदायिक वन उपभोक्ता समिति बिच भएको सहमति अनुसार गेट र टहरा बनाएको भएपनि वन कार्यालयले भत्काइदिएपछि उपमहानगरपालिकाको समर्थनमा धरानका आम जनताले वन कार्यालयमा लगेर फोहोर फ्याकेको बताए ।
उनले भने " उपमहानगरको सरसफाइ कर्मचारी सहित हामीले लगेर वन कार्यालयमा फोहोर फ्याकेको हो । "
यता, वन कार्यालय प्रमुख महेशकुमार साहले भने उक्त संरचना बनाएको र भत्काएको दुवैको जानकारी नभएको बताएको बताउँदै आएका छन् । तर , समीरले भने वन कार्यालयले आव बिहान गेट भत्काएको र उक्त गेट भत्काउन प्रयोग भएको जेसीबी वन कार्यालय परिसरमै रहेको बताएका छन् ।