टीकापुर हत्याकाण्डमा तीन वटा अदालतले जन्मकैद फैसला गरेको रेशम चौधरी गणतन्त्र दिवसकै दिन कारागारमुक्त हुने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनको आइतबर उनको बाँकी सजाय माफीमिनाहा गरेसँगै उनी छुट्ने निश्चित भएको हो ।
राष्ट्रपति पौडेलले गणतन्त्र दिवसको अवसरमा रेशमसहित १९ जनाको कैद सजाय माफी दिएका हुन् । चौधरी आजै आठ बजे छुट्ने तयारी भइरहेको बताइएको छ । उनको स्वागतमा नागरिक उन्मुक्ति पार्टी की अध्यक्ष तथा रेशमकी पत्नी रञ्जिता श्रेष्ठ लगायतका नेता कार्यकर्ता डिल्लीबजार स्थित कारागारबाहिर उपस्थित भएका छन् ।
मन्त्रिपरिषदले आइतबार बिहानै रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो । २० वर्षा कैद सजाय तोकेको चौधरिले पाँच वर्ष ३ महिना जेल सजाय काटेका छन् ।