आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले गाँजा खेतीको अध्ययन गर्ने जनाएका छन् ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. महतले औषधिजन्य प्रयोग गर्नको लागि गाँजा खेतीको अध्ययनबारे घोषणा गरेका हुन् ।