काठमाडौ /अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले विश्व सम्पदा सूचीमा सूचिकृत बौद्धनाथ चैत्य क्षेत्रमा दिगो शान्तिको कामना गर्दै धर्ना दिएको छ ।   विश्व शान्तिका लागि देशमा शान्ति कायम गर्ने वातावरण बनाउन धर्ना आयोजना गरिएको शाखाका अध्यक्ष भगवान् पुडासैनीले राससलाई जानकारी दिनुभयो ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति अभियानमा लागेका पाँच दर्जनभन्दा बढी अभियानकर्मीको सहभागिता थियो । सहभागीले देशमा शान्ति कायम गराउनका लागि विभिन्न प्ले कार्ड बोकेर आह्वान गरेका थिए ।  हिंसाको भविष्य छैन, शान्तिको विकल्प छैन भन्ने नाराका साथ गरिएको धर्नामा समाजका पूर्वसभापतिद्वय उत्तम पुडासैनी र होमकान्त चौँलागाइँ, काठमाडौँ महानगरपालिका वडा नम्बर–६ का पूर्वअध्यक्ष दीपेन्द्र लामा, गोकर्णेश्वर नगरपालिका वडा नम्बर– ६ का पूर्वअध्यक्ष रमेश अर्याल र वडा नम्बर–८ का पूर्वअध्यक्ष मनोजकुमार ढुङ्गानालगायत जनप्रतिनिधिको पनि सहभागिता थियो ।

धर्ना समापन कार्यक्रमलाई सम्बोधन गर्दैै समाजका केन्द्रीय सदस्य रामकृष्ण बरालले सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पु¥याएर पीडितलाई न्याय दिनुपर्नेमा जोड दिएका छन् । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९८१ मा घोषणा गरी १९८२ देखि सेप्टेम्बर २१ का दिन यो दिवस मनाउन थालेको हो । अहिंसा र युद्धविराममार्फत् शान्तिको आदर्शलाई सुदृढ गर्नका लागि समर्पित दिनका रुपमा विश्वभरी शान्ति दिवस मनाउने गरिएको