धरान । एलजी इलेक्ट्रोनिक्सले टिभी र प्रमुख होम अप्लाइन्सेसको लागि २०२३ अमेरिकी ग्राहक सन्तुष्टि सूची (एसीएसआई) सर्वेक्षणबाट उत्कृष्टताको मान्यता प्राप्त गरेको छ ।

ग्राहकको प्रतिक्रियामा आधारित भएर उत्कृष्टताको मान्यता प्रदान गर्दै आएको हो । एसीएसआईले उद्योगहरूको ग्राहकको सन्तुष्टि मापन गर्ने गरेको छ । यसपटक पाँच लाखभन्दा बढी ग्राहकहरूको अन्तरवार्ताको आधारमा उत्कृष्टताको मान्यता दिएको जनाएको छ ।

एलजीले यस वर्षको एएससीआई टिभी वर्गीकरणमा ८३ स्कोर कायम गरी शीर्षस्थान हासिल गरेको छ । जुन विगतभन्दा चार प्रतिशतले वृद्धि गरेको छ । एलजी टिभीले उत्पादनको स्थायित्व, इन्टर्नल कन्फिगरेसन, बाहिरी डिजाइन र वारेन्टी कभरेजलगायतबाट उत्कृष्टता पाएको छ ।

त्यस्तै होम अप्लाइन्सेसको विधामा एलजीले लगातार दुई वर्ष पहिलो स्थान हासिल गरेको छ । गत वर्ष ८१ स्कोर हासिल गर्ने एक मात्र उत्पादक रहेको एलजीले, यस वर्ष ८२ अङ्कको साथ सन्तुष्टिको सूची हासिल गरेको छ । एलजीले नेपालमा पनि विगत ३५ वर्षदेखि दिगो तथा वातावरणमैत्री प्रविधियुक्त उत्पादन गर्दै आएको छ । नेपालमा एलजी ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।