विजयपुर । वराह बचत तथा ऋण सहकारी संस्थालाई धरान उपमहानगरपालिकाले कारबाहीको प्रक्रिया अघि बढाएको छ ।

उपमहानगरले २०८० असोज ६ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रायललाई पत्राचार गर्दै कारबाही प्रक्रिया अघि बढाएको जानकारी गराएको छ । मन्त्रालयले २०८० असोज १९ गते सहकारी सञ्चालनको ग्यारेण्टी बस्नुपर्ने वा कारबाही प्रक्रिया अगाडि बढाउनु पर्ने आशयको उपमहानगरलाई पत्राचार गरेको थियो ।

उक्त पत्रको प्रत्युत्तर लेख्दै नगरप्रमुख हर्कराज राईले मन्त्रालयलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको जनाएका छन् । नगरप्रमुख राईद्वारा हस्ताक्षरित पत्रमा ‘धरान उपमहानगरपालिकामा कार्यक्षेत्र रहेको धरान–८ स्थित वराह बचत तथा ऋण सहकारी संस्थाको धरान उपमहानगरपालिकाले कुनै ग्यारेण्टी लिन नसक्ने भएकाले उक्त संस्थालाई सङ्कटग्रस्त घोषणा गरी कानून मुताविक कारबाही गराउने प्रक्रिया अघि बढिसकेको व्यहोरा जानकारी गराउँदछौँ’ उल्लेख गरिएको छ ।