क्यान्सर रोगबाट पीडित सञ्चारकर्मीलाई फोटो पत्रकार महासंघ सुनसरीले आर्थिक सहयोग हस्तान्तरण गरेको छ। 

लामो समयदेखि पेटको क्यान्सरबाट पीडित धरानका सञ्चारकर्मी सञ्जीव कोयु राईलाई नेपाल फोटो पत्रकार महासंघ सुनसरीले आज धरानमा एक कार्यक्रम गरी ४१ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । 

नेपाल फोटो पत्रकार महासंघ सुनसरीले २०७९ सालमा खेलेको देउसी–भैलो कार्यक्रमबाट सङ्कलित १० हजार रुपैयाँ, महासंघका पदाधिकारी, सल्लाहकार र डिपो स्कुलका स्टाफबाट सङ्कलित सहायता रकम हस्तान्तरण गरिएको हो । 

काठमाडौंमा उपचाररत सञ्चारकर्मी राईलाई नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईमार्फत् रकम प्रदान गरिएको अध्यक्ष विकास चाम्लिङ राईले जानकारी दिए ।