सडक दुर्घटनामा परेर स्पाइनलकर्ड इन्ज्युरी भएका चालक सोम राईको औषधि उपचारका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सञ्चालन गरेको अभियानमा सेवा निवृत्त बृटिस आर्मी धरान १५ निवासी डिल्ली तुम्रोकले नगद १० हजार १ सय रुपैयाँ नगद सहयोग गरेका छन् ।
अभियानको अगुवाई गरिरहेका संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईलाई रकम हस्तान्तरण गर्दै लाइन्स अफ धरान क्यालिबरका सचिव समेत रहेका तुम्रोकले संगठनले चलाएको अभियानमा सहभागी हुन पाएकोमा खुशी लागेको बताए ।
चालकको उपचार बापत घोपास्थित आमा फार्मेसीमा मात्रै १ लाख ५१ हजार ९ सय रुपैयाँ बाँकी रहेको छ । जसमध्ये सहयोगीहरु मार्फत ६३ हजार ६० रुपैयाँ (तुम्रोकको सहयोग समेत) संकलन भएको छ ।
चालक सोम राईकी श्रीमति सकुन राईको उपस्थितिमा सहयोग रकम हस्तारण गरिएको हो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाँ, धरान नगर कमिटी अध्यक्ष कमल भट्टराई र जिफन्ट धरान अध्यक्ष शमशेर बर्देवाको उपस्थिति रहेको थियो ।