दक्षिण अफ्रिकाको एउटा विशाल प्लाटिनम खानीमा मजदुरहरूलाई सतहमा लैजाँदै गरेको एउटा लिफ्ट नियन्त्रण बाहिर गएर खस्दा ११ जनाको मृत्यु र ७५ जना घाइते भएको खानी सञ्चालकहरूले मङ्गलबार बताएका छन् । 

इम्पाला प्लाटिनमले सोमबार जोहानेसबर्गको उत्तरपश्चिममा रस्टेनबर्ग खानीमा ‘विनाशकारी दुर्घटना’ भएको बताएको छ। त्यतिबेला ८० भन्दा बढी मजदुरले आफ्नो सिफ्टको अन्त्यमा मार्ग बनाउँदै थिए । कम्पनीका अनुसार स्थानीय समयअनुसार लिफ्ट अप्रत्याशितरूपमा तल ओर्लन लागेपछि साँझ ५ बज्नुभन्दा पहिला चेतावनी जारी गरिएको थियो । 

“कन्भेन्स काउन्टरवेटको ज्याक क्याचमा फसेका कारण लिफ्टको द्रुत अवतरण रोकियो”, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ज्याक क्याच एउटा सुरक्षा प्रणाली हो जसको उद्देश्य दुर्घटनाको स्थितिमा लिफ्ट र भूमिगत रेलहरूलाई पछाडि जानबाट रोक्नु हो । 

“यो विनाशकारी दुर्घटनामा जीवन गुमाउने र प्रभावित व्यक्तिहरूका लागि हाम्रो मुटु हृदय भारी भएको छ”, इम्पाला प्लाटिनम ९इम्प्लाट्स० का प्रमुख कार्यकारी निको मुलरले भन्नुभयो, “हामी आफ्ना सहकर्मीहरू गुमाउँदा स्तब्ध भएका छाँै र निकटका सबै आफन्तसँग सम्पर्क गर्न सकियोस् भनी सुनिश्चित गर्ने प्रक्रियामा छौँ ।”

कम्पनीले ७५ मजदुर घाइते भएको र उनीहरूलाई स्थानीय अस्पतालहरूमा उपचारका लागि भर्ना गरिएको बताएको छ। इम्प्लाट्सका प्रवक्ता जोहान थेरोनले केही मजदुर गम्भीर घाइते भएको बताएका छन् । उनका अनुसार अधिकांशको घुँडा र खुट्टा भाँच्चिएको तथा अन्यलाई सामान्य चोट लागेको छ । 

उद्धार कार्य सकिएको र सबै ८६ मजदुरको अवस्था पत्ता लागेको विज्ञप्तिमा उल्लेख छ। दुर्घटनाको अनुसन्धान सुरु भएका कारण मङ्गलबार खानीमा सबै काम रोकिएको छ ।“इम्प्लाट्स सेवामा हराएकाहरूको परिवार र सहकर्मीहरूलाई निरन्तर सहयोग गरिँदैछ”, मुलरले भन्नुभयो, “हामी अविश्वसनीयरूपमा कठिन समयमा आफ्ना घाइते सहयोगीहरूका बारेमा पनि ध्यान दिनेछौँ ।”

दक्षिण अफ्रिका प्लाटिनमको विश्वको अग्रणी उत्पादक मुलुक हो । यो मुलुकमा खानी दुर्घटनाहरू सामान्य मानिन्छ । यहाँ हजारौँ मानिस खानी उद्योगमा काम गर्छन् । दक्षिण अफ्रिकामा सबैभन्दा गहिरा खानीहरू छन् र यो सुन, हिरा, कोइला र अन्य कच्चा सामग्रीको प्रमुख निर्यातक हो । धेरै गहिरा खानीमा लिफ्ट छन् र यिनले एकै समयमा एक सयभन्दा बढी मानिसलाई लैजान सक्छन् । 

प्रत्येक वर्ष दर्जनौँ खानी मजदुर मारिन्छन् तर पछिल्लो दुई दशकमा सुरक्षा मापदण्ड बढाइएकाले मर्नेहरूको सङ्ख्यामा कमी आइरहेको छ। सरकारी आँकडाअनुसार सन् २०२२ मा खानी दुर्घटनामा करिब ५० जनाको मृत्यु भएको थियो ।

सन् २०२१ मा सोही रस्टेनबर्ग इम्प्लाट्स खानीमा एउटा मार्गमा हिलो खसेपछि थुप्रै खानी मजदुरको मृत्यु भएको थियो। सन् १९६० मा कोलब्रुक प्रकोपमा चार सय ३० भन्दा बढी कोइला खानी मजदुरको मृत्यु भएको थियो ।