धरान । मोरङको लेटाङ हुँदै धनकुटाको छ नम्बर बुधबारे पुग्ने सडकको शुक्रबार शिलान्यास गरिएको छ ।
२९ दशमलव ६० किलोमिटर लम्बाइ रहेको उक्त सडकको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शिलान्यास गरे । पूर्वाधार विकास कार्यालयले लेटाङमा सडक शिलान्यास कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी मुख्यमन्त्री कार्कीले रणनीतिक योजनाको सडक रहेको बताए ।
यस सडकले पाँचथरको मिक्लाजुङ, धनकुटाको चौबिसे गाउँपालिका, इलाम र ताप्लेजुङका स्थानीयलाई पनि राहत पुग्ने विश्वास लिइएको छ । सडक शिलान्यास गर्दै उनले भने, ‘सडक निर्माणपछि त्यसभेगका कृषि उत्पादन बजारसम्म पु¥याउनका साथै उत्पादनमा लाग्ने साधन स्रोतलाई किसानसम्म पु¥याउनका लागि महत्वपूर्ण सहयोग पुग्नेछ ।’
मुख्यमन्त्री कार्कीले अब आवश्यकताका आधारमा आयोजनाहरू छनोट गरी निर्माण गरिने बताए । उक्त सडक निर्माण गर्नका लागि सन्तोषी–जोया एन्ड ब्रोदर्स जेभीसँग सम्झौता भएको छ । २०८३ साल वैशाख २८ गते सम्पन्न गर्ने गरी ८७ करोड तीन लाख ५३ हजार २७ रुपैयाँ ७० पैसामा ठेक्का सम्झौता भएको जनाइएको छ । निर्माण व्यवसायीका सञ्चालक भीम पौडेलले समयमै गुणस्तरीय काम गरेर सडक हस्तान्तरण गर्ने दाबी गरे ।