धनकुटा । जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति धनकुटाको अध्यक्षमा पुनः पार्वती राई सर्वसम्मत निर्वाचित भएकी छन् ।

जनता समाजवादी पार्टीका राजनीतिक समिति सदस्य राजकुमार राईको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न जिल्ला भेलाले यसअघि कार्यवाहक जिल्ला अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेकी राईलाई पुनः अध्यक्षमा चयन गरेको हो । भेलाले उपाध्यक्षमा सरोज आठपहरिया, दिवा चेम्जोङ, सचिवमा डम्बर कटुवाल, सह–सचिवमा नारायणजुन राई र नाथुराम राईलाई चयन गरेको छ । ४३ सदस्यीय जिल्ला समन्वय समितिको सदस्यहरूमा सविला मोक्तान, कृष्णगोविन्द चेम्जोङ, इन्द्रबहादुर भण्डारी, सोवितमान भण्डारी, इन्दिरा केसी, मणि साँवा, गङ्गा याक्खा, लोकबहादुर चेम्जोङ, टेकबहादुर भट्टराई, नगेन्द्र राना, हरिभक्त घिसिङ, सर्मिला राई, प्रमिला इधिङ्गो रहेका छन् ।

त्यसैगरी अन्य जिल्ला सदस्यहरूमा श्री राई, भूपाल राई, गङ्गा चेम्जोङ, भवानीशङ्कर चाम्लिङ, डम्बरबहादुर राई, असल चेम्जोङ, आशिष आठपहरिया, शानबहादुर इङ्नाम, खमबहादुर लिम्बुखिम, अनिता राई, दिपन लिम्बू, निशान किराँती, विजय राई, मीना राई, शुक्र चेम्जोङ, भीम लावती, यज्ञकुमारी चेम्जोङ, गीता खड्का, छत्रप्रसाद राई, देवीमाया दर्जी, गङ्गा अधिकारी, राधा राई रहेका छन् । जिल्ला भेलाको बन्द सत्रमा पार्टीको जिल्ला समन्वय समिति पुनर्गठनको लागि प्राध्यापक नगेन्द्र देवानले प्रस्ताव पेश गर्दै नयाँ नेतृत्व चयनको लागि सहजीकरण गरेका थिए भने निर्वाचित पदाधिकारी एवम् सदस्यहरूलाई पार्टीका प्रदेश नं.१ का इन्चार्ज आर्सी तुम्बाले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

पद तथा गोपनीयताको सपथ लिएसँगै नवनिर्वाचित अध्यक्ष पार्वती राईले भनिन्, ‘प्रदेश नं.१ पुनः नामाङ्कनको लागि चलिरहेको पहिचानको आन्दोलनलाई सशक्त ढङ्गले अघि बढाउनको लागि धनकुटा जिल्लामा सबैलाई समेटेर लान आफू तयार रहेको छु ।’ उनले भनिन्, ‘पार्टीलाई जनस्तरसम्म पु¥याएर सङ्गठन विस्तार गरी अघि बढाउनको लागि सबै पदाधिकारी एवम् सदस्यहरू साथै पार्टी नेताहरूले सक्दो सहयोग गर्नुपर्छ ।’

जसपाका नवनिर्वाचित अध्यक्ष पार्वती राईको अध्यक्षतामा सम्पन्न जिल्ला भेला तथा पुनर्गठन कार्यक्रममा जनता समाजवादी पार्टीका राजनीतिक समिति सदस्य राजकुमार राई, प्रदेश नं.१ का इन्चार्ज आर्सी तुम्बा,  जसपाका नेता तथा निर्वाचन समिति सदस्य धर्मकुमार राई, केन्द्रीय सदस्य सरकुमारी आठपहरिया, प्रदेश सदस्यहरू बलबहादुर राई, आइत चेम्जोङलगायतले सङ्घीयता, लोकतन्त्र र पहिचानको लागि सशक्त ढङ्गले नेपाली जनता एक भएर अघि बढ्नुको विकल्प नरहेको औंल्याएका छन् ।