धरान । भारतको हैदरावादमा भएको १० औं विश्व स्ट्रेन्थ लिफ्टिङ फेडेरेसन इन्क्याल बेन्च प्रेस च्यापियनसिपमा नेपालका खेलाडीले १६ स्वर्ण पदक जितेका छन् ।
नेपालबाट सहभागी ३६ जनाको टिमबाट नेपालले विभिन्न १६ स्वर्ण पदकमा जित हासिल गरेको हो । उक्त प्रतियोगितामा सुनसरीको प्रतिनिधित्व गरेर धरान स्ट्रेन्थ लिफ्टिङ सङ्घका संस्थापक अध्यक्ष कविरभगत प्रधानाङ्ग ९१ देखि ९५ केजी तौल समूहमा दोस्रो भएका थिए ।
उक्त प्रतियोगितामा नेपालले १६ स्वर्ण, १४ रजत र ४ वटा काँस्य पदक जितेको थियो । कार्यक्रममा युरोप, अमेरिका, एशियासहित १६ वटा मुलुकले सहभागिता जनाएका थिए । यही पुस २ देखि ५ गते सम्म भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई चिनाउन सफल भएकोमा सुनसरी सट्रेन्थ लिफ्टिङ सङ्घले खेलाडीहरूलाई सम्मान गरेको छ ।