धरान । गछिया जेसीज वर्ष २०२४ को अध्यक्षमा ध्रुव निरौला निर्वाचित भएका छन् ।

मोरङको सुन्दरहरैँचामा सम्पन्न १० औँ महाधिवेशनबाट निरौला  निर्वाचित भएका हुन् । निरौला ८७ मत पाएर विजयी भएका हुन् । उनका  निकटतम् प्रतिस्पर्धी शान्तिराम श्रेष्ठले २३ मत पाए । कार्यकारिणी उपाध्यक्षमा निराजन धमला, पुष्पा ढुङ्गेल  विजयी भए ।

महासचिवमा प्रदीप खतिवडा, कानूनी सल्लाहकारमा पप्पु साह, कोषाध्यक्षमा रोहित लिम्बू, सचिवमा ज्ञाननाथ ढकाल र जनसम्पर्क अधिकारीमा सुस्मिता भट्टराईलाई मनोनित गरिएको छ । त्यस्तै उपाध्यक्षमा गङ्गा सिग्देल, पवित्रा गौतम भण्डारी, रिसल भण्डारी र विनोद भट्टराई निर्वाचित भएका छन् ।