विजयपुर । महेन्द्र बहुमुखी क्याम्पस धरानका विद्यार्थीले सेवामूलक व्यवसाय बारे जानकारीमूलक कार्यक्रम ‘फस्ट साइन्याप्स २०२३’ सम्पन्न गरेका छन् ।

बिहीबार धरानमा क्याम्पसका  ब्याचलर अफ बिजनेस म्यानेजमेण्ट (बिबिएम) सङ्कायले साइन्याप्स आयोजना गरेको हो । विद्यार्थीलाई सेवामूलक व्यवसायसम्बन्धी जानकारीका लागि कार्यक्रम आयोजना गरिएको क्याम्पसकी बिबिए फ्याकल्टी सदस्य रोजी श्रेष्ठले बताइन् ।

उनका अनुसार प्रतियोगितात्मक रूपमा भएको कार्यक्रममा बिबिएम छैठौँ सेमेष्टरका विद्यार्थीको समूह प्रथम भएको छ । समूहमा सिफा श्रेष्ठ, सुस्मिता बराइली, दिपिसा शाक्य, इङ्सा इस्बो र स्वस्तिका विश्वकर्मा रहेका थिए ।

सातौं सेमेष्टरको विद्यार्थीको समूह द्वितीय भएको थियो । समूहमा अभिषेक राई, परिशा गुरुङ, बेनुप प्रधान, मुकेश बस्नेत, निशान्त घिमिरे रहेका थिए । यस्तै प्रतियोगितामा छैठौं सेमेष्टरका विद्यार्थीको समूह तृतीय भएको थियो । समूहमा एलिना क्षेत्री, प्रजिता राई, सविना खत्री, चसुम राई, सुरज योङ्हाङ लिम्बू रहेका थिए ।

प्रतियोगिताको बेस्ट पर्पmर्मेन्स चौथो सेमेष्टरका सिमरन गजमेर भए । प्रतियोगिताको निर्णायकमा बिबिएम फ्याकल्टी वन्दना श्रेष्ठ, मोहनकुमार कर्ण, प्रज्वल भण्डारी, दिनेश राई रहेका थिए । प्रतियोगिताको समापनमा बिबिएम ड्राइरेक्टर सुमित्रादेवी रेग्मीले मन्तव्य राखेकी थिइन् ।