वराहक्षेत्र । वराहक्षेत्र मन्दिरक्षेत्रमा निर्माण गरिन लागिएको बसपार्कको अतिक्रमण गरिएका जग्गा छोड्न अटेर गरी बनाइएको भौतिक संरचना घर र पसलमाथि नगरपालिकाले डोजर चलाउने भएको छ ।
शुक्रबार बिहान बसपार्कको अनुगमन गर्न पुगेका नगर प्रमुख रमेश कार्कीले स्थानीयसँगको भेटघाट कार्यक्रममा बोल्दै पटक–पटक अनुरोध गर्दा पनि अटेर गरिएकाले अब नहटाए नगरपालिकाले एक्सन लिने बताए ।
उनले बसपार्क निर्माणका लागि कोशी प्रदेश सरकारले २ करोड बजेट छुट्याएको तर, जग्गा नभएपछि बसपार्क बनाउन नसकिएको जनाए । पूर्वकै प्रसिद्ध धार्मिक पर्यटनको विकासका लागि सङ्घीय सरकारले समेत १ करोड छुट्याएको तर बसपार्क नै बन्न नदिने हो भने आएको पैसा पनि फिर्ता जाने उनले बताए ।
आफू नगर प्रमुख भएलगत्तै वराहक्षेत्र मन्दिर क्षेत्रको विकास लागि लागि परेको तर, सहयोग नगरिएको भन्दै गुनासो गरे । वराहक्षेत्र मन्दिर प्रवेशद्वारस्थल नजिकैको करिब ११ कठ्ठा जग्गामा ११ पसल र घर बनाइएको छ ।