सप्तरी । नेकपा (एमाले) सम्बद्ध नेपाल फुटबल सङ्घका केन्द्रीय सह–सचिव देवेन्द्रमान बस्नेत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् ।

आइतबार एक कार्यक्रमका बीच बस्नेत औपचारिकरूपमा राप्रपामा प्रवेश गरेका हुन् । तत्कालीन सप्तरी जिल्ला फुटबल सङ्घका अध्यक्ष र नेपाल फुटबल सङ्घका पूर्व केन्द्रीय सदस्यसमेत रहेका बस्नेत नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व अन्तर्राष्ट्रिय खेलाडीसमेत हुन् । उनी आइतबारबाट औपचारिकरूपमा राप्रपामा प्रवेश गरेको पार्टीका सप्तरी जिल्ला प्रवक्ता सञ्जयविक्रम अधिकारीले जानकारी दिए ।