विजयपुर/धरान–१२ स्थित एम्स स्काउट क्रियूकी सिनियर टिम मेट नवीना मग्राती केन्या गएकी छन् । 

मग्राती नेपाल स्कटाउटको प्रतिनिधित्व गर्दै छ महिनाका लागि अफ्रिका महादेशको केन्या देश गएकी हुन् । विश्व महिला स्काउट सङ्गठनको ‘यस गर्ल’ कार्यक्रममा नेपालबाट मग्रातीसहित पाँचजना स्काउटर त्यसतर्फ शनिबार उडेका छन् । केन्या जाने नवीनालाई एम्स एकेडेमीले एक कार्यक्रम गरी बिदाइ गरेको थियो ।

बिदाइ कार्यक्रममा बोल्दै उनले आफूले केन्याबाट सिकेको ज्ञानलाई थप सामाजिक कार्यमा खर्चिने प्रतिबद्धता गरिन् । विद्यालयका प्राचार्य मित्र तामाङ, स्काउट प्रदेश तदर्थ समितिका संयोजक रवि खनाल, प्रदेश तदर्थ समितिका सदस्य हेमन्त भण्डारी, धरान नगर तदर्थ समिति सदस्य एवम् प्याब्सन सुनसरी अध्यक्ष अनुप तामाङ, सहायक राष्ट्रिय प्रशिक्षक सुशील राईलगायतले बिदाइ गरेका थिए ।