बालकुमार कामीको अध्यक्षतामा वराहक्षेत्र १ खारखोलास्थित पन्चकन्या सामुदायिक वन उपभोक्ता समूहको ९ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।
कार्य समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः भीमबहादुर लकान्द्री विश्वकर्मा, कविता घिमिरे, कविता राई, देवी पौडेल निर्वाचित भएका छन् ।
सदस्यहरुमा नीरकुमार बिक, लक्ष्मी श्रेष्ठ, बिन्दा कार्की र कुमार बिक सर्वसम्मत चयन भएका छन् ।
वार्षिक साधारण सभाले वन नियमावली २०७९ अनुसार वनको विधान-२०८० साधारण सभा मार्फत पारित गरेको छ । यसअघि २०७९/८० देखि ०८५/८६ सम्मको वन नियमावली २०७९/८० विधान कार्ययोजना स्वीकृत भएको थियो ।
७१ घर धुरी उपभोक्ता रहेको समिति २०५८ साल जेठ १४ गते स्थापना भई २०६९ साल माघ ९ गते दर्ता भएको थियो । २०७२ जेठ २७ मा विधान संशोधन र कार्ययोजना स्वीकृत गरेको थियो । २०७९ असार २८ गते पानमा दर्ता भएको अध्यक्ष गोविन्द श्रेष्ठले प्रगति प्रतिवेदनमा उल्लेख गरेका छन् । यस्तै साधारण सभाले पूर्व अध्यक्ष निलकण्ठ कोइरालालाई उल्लेखीय योगदान गरेकामा सम्मान गरेको छ ।
साधारण सभा राष्ट्रिय वन उपभोक्ता महा संघ वराहक्षेत्रका अध्यक्ष अमर कट्वालको प्रमुख आतिथ्यता र वराहक्षेत्र १ का वडाध्यक्ष किसन थापा विशिष्ट अतिथि रहेका थिए । साधारण सभामा स्थानीय युवा प्रेम घिमिरे, सौरव श्रेष्ठ, पशुपति कार्की, नरेश राना, सुवास श्रेष्ठ, सुरेश बस्नेतलगायतको आतिथ्यता रहेको थियो ।