धरान । धरान जेसीजमा दुई दशकपछि महिला नेतृत्वले सम्हालेको छ । गत पुस १५ गते सम्पन्न अधिवेशनले आयुष्मा शाक्यलाई एक वर्षे कार्यकालको लागि अध्यक्षमा निर्वाचित गरेको हो ।

यसअघि सन् २००४ मा सलुजा कर्माचार्य अध्यक्ष रहेकी थिइन् । अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई शनिबार ४८ औँ पदस्थापन कार्यक्रम गरी नयाँ पदाधिकारीलाई सपथ ग्रहण गरिएको छ । वर्ष २०२३ का अध्यक्ष आशिषराज यादवले नवनिर्वाचित अध्यक्ष शाक्यलाई सपथ ग्रहण गराए । उनीहरू ४० औँ अधिवेशनबाट निर्वाचित भएका हुन् । नवनिर्वाचितको कार्यकारिणी उपाध्यक्षमा ऋषिराम भट्टराई र राजेन्द्र रिजाल छन् ।

त्यस्तै उपाध्यक्षमा रमेश रपाल, शशाङ्क पोखरेल, सुनिता श्रेष्ठ र राजु श्रेष्ठ छन् । कानूनी सल्लाहकारमा अनिल श्रेष्ठ, महासचिवमा लोकेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा दीपेन्द्र कसजू श्रेष्ठ, सचिवमा शुभम शाक्य रहेका छन् । यस्तै अध्यक्षीय सल्लाहकारमा मनिराज अधिकारी, भौतिक निर्माण संयोजकमा विदुर थापा, निवर्तमान अध्यक्ष आशिषराज यादव, सह–कोषाध्यक्षमा पूजा अग्रवाल, तालिम निर्देशकमा साहिल भुजेल, उद्यमशीलता विकास संयोजकमा सञ्जु राईलगायत रहेका छन् ।

यस्तै जुनियर जेसीजतर्फ नवनिर्वाचित अध्यक्ष प्रेसिका निरौलासहितको टिमलाई पदस्थापन गरिएको छ । वर्ष २०२३ का अध्यक्ष जोस साहले वर्ष २०२४ की अध्यक्ष निरौलालाई सपथ ग्रहण गराए । यस्तै वर्ष २०२३ मा विभिन्न कार्य गरेबापत विभिन्न व्यक्तित्वको नाममा स्थापित १८ वटा पुरस्कार वितरण गरिएको थियो । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रविन पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद् यशोदा कायस्थ, संस्थापक जेसीज अध्यक्ष श्यामगोविन्द श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।