धरान । धरानका मगर समुदायले सार ल्हेस (माघे सङ्क्रान्ति) भव्यरूपमा मनाएका छन् ।

सोमबार नेपाल मगर सङ्घ धरान नगर समितिको आयोजनामा धरान–१० स्थित सैनिक भवनमा सार ल्हेस मनाइएको हो । सङ्घका अध्यक्ष चित्र थापा मगरको अध्यक्षता र आदिबासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा धरान उपमहानगरपालिकाका नगर प्रमख हर्क राज राई विशेष अतिथि रहेका थिए ।

कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगिता म्युजिकल चेयर, घैला फुटाउने र टोपी लुकाउने प्रतियोगितामा प्रतिस्पर्धा गराइएको थियो । त्यस्तै मगरहरूको कौडा नृत्यका साथै कलाकारहरू गङ्गा वरदान, कञ्चन थलङ र सन्तोष राना मगरले गीत प्रस्तुत गरेका थिए ।