मोरङ । अत्यधिक चिसो बढेपछि विराटनगर महानगरपालिका क्षेत्रका विद्यालयहरूमा तीन दिन बिदा दिइएको छ ।
महानगरपालिकाले मङ्गलबार सूचना जारी गर्दै महानगरले आज(बुधबार) देखि शुक्रबारसम्म तीन दिन महानगर क्षेत्रका सम्पूर्ण विद्यालय बिदा दिने निर्णय गरेको हो ।
अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठन–पाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरिएको महानगरले जनाएको छ ।