इनरुवा । दुव्र्यसनविरुद्धको अभियान कार्यान्वयनमा जिल्ला प्रहरी कार्यालय सुनसरीले स्थानीय तहको प्रतिबद्धताको आशा गरेको छ ।
सुनसरीका १२ वटै पालिका प्रमुख र उपप्रमुखको उपस्थितिका बीच आयोजित ‘अभियानको सार्थकता विषयक’ कार्यक्रममा सुनसरी प्रहरीले सामूहिक प्रतिबद्धताको आशा राखेको हो । लागूऔषध दुव्र्यसनको अवस्था, समस्या, चुनौती र न्यूनीकरणका उपाय विषयक कार्यक्रममा एसएसपी राजन अधिकारीले अभियानको औचित्य र आवश्यकताबारेको कार्यपत्र पेश गरेका थिए ।
दुव्र्यसनी न्यूनीकरण गर्दै युवा शक्तिलाई उचित मार्गमा डो¥याउनु अभियानको मूल उद्देश्य रहेको सुनसरी प्रहरीले जनाएको छ । सबैको साथ मिलेमा दुव्र्यसनी न्यूनीकरणको जिल्ला केन्द्रित अभियानले सार्थकता पाउने एसपी विपिन रेग्मीले बताए ।
जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहता र सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा सरोकारवालाका तर्फबाट अभियानको सार्थकताका लागि सामूहिक प्रतिबद्धता जनाइएको छ । स्थानीय तहको हकमा प्रमुख र उपप्रमुखले अग्रसरता लिएर दुव्र्यसनविरुद्धको अभियानलाई वडा तहसम्म लैजाने गरी सहमति जुटाइएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए ।
कार्यक्रममा सहभागी सुनसरीका स्थानीय तहका प्रमुख तथा उपप्रमुखले आफ्नो क्षेत्रमा लागूऔषध दुव्र्यसनीविरुद्धको अभियानलाई प्रभावकारी ढङ्गले कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए । कार्यक्रममा प्रजिअ आचार्यले अभियानको कार्यान्वयनमा सबैको साथ र सहयोगको आवश्यकतामाथि जोड दिएका थिए ।