धरान । भ्रष्टाचार अहिले नेपालको समस्याको मुख्य जड रहेको कुरा उल्लेख गर्दै यसका लागि कलाकारहरूले आफ्नो कलाकारिताको माध्यमबाट समाजमा जनचेतना फैलाउनुपर्ने कुरा अनाम रङ्गमञ्च धरानले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि निवर्तमान सङ्घीय सांसद् जयकुमार राईले बताए ।

अनामका संस्थापक सदस्य शारदा शाक्यको अध्यक्षतामा सम्पन्न अनामको एक हप्ते कार्यक्रम समापनका अवसरमा सोमबार निवर्तमान सङ्घीय सांसद् राईले उक्त कुरा बताएका हुन् । कलाकार उत्पादन गरेर अनाम रङ्गमञ्चले पु¥याएको भूमिकाको सराहना गर्दै प्रमुख अतिथि राईले धरान जनसहभागिताको नगर भनेर चिनिन्थ्यो । तर, अहिले झगडाको नगरको रूपमा चित्रित भएको समापन कार्यक्रममा मञ्चन गरिएको नाटकले दर्शाएको उल्लेख गरे ।

राईले कार्यक्रमका सहयोगीहरूलाई सम्मान–पत्र वितरण गरेका थिए भने शारदा शाक्यले सहभागीहरूलाई प्रमाण–पत्र वितरण गरेकी थिइन् । राईले विदेशी नागरिकता लिने होडबाजीको विषयमा अब नाटक मञ्चन गरेर सबैको बुद्धिको बिर्काे उघार्न भूमिका निर्वाह गर्नुपर्ने समेत उल्लेख गरिन् । उक्त कार्यक्रममा अनाम रङ्गमञ्चका अध्यक्ष विजय सुब्बाले उत्कृष्ट प्रशिक्षार्थीहरूको नाम घोषणा गरेका थिए । घोषित उत्कृष्ट प्रशिक्षार्थीहरूमा शम्भु श्रेष्ठ, एलिना रुम्दाली, स्वच्छता योगी रहेका थिए ।

सो कार्यक्रमका अर्का अतिथि ब्लाष्ट टाइम्सका सम्पादक तथा प्रबन्ध निर्देशक किशोरकुमार कार्कीले मन्तव्यका साथै कविता वाचन गरेका थिए । सचिव सुरेन्द्र भुजेलले सञ्चालन गरेको सो कार्यक्रमका अतिथिहरूमा चलचित्र निर्देशक रविन्द्र श्रेष्ठ, याक्थुङ कलाकार सङ्घका अध्यक्ष नवीन मेन्याङ्बो, कलाकार हरिभक्त डबली, कृष्ण तिम्सिनाको उपस्थिति थियो । कार्यक्रममा स्वागत मन्तव्य कुलचन्द्र न्यौपानेले दिएका थिए ।