धनकुटा । धनकुटामा जीवन विज्ञानसम्बन्धी प्रवचन सम्पन्न भएको छ । जीवन विज्ञानका प्रवद्र्धक रमेश नेपालले मङ्गलबार प्रवचन दिएका हुन् । धनकुटा–७ स्थित त्रिवेणी मा.वि.को प्राङ्गणमा सयौं धनकुटेलीहरू उनको प्रवचन सुन्न उपस्थित थिए ।
जीवन विज्ञानका प्रवद्र्धक नेपालले योग, ध्यान, साधना र ध्वनि उच्चारणले मानव स्वास्थ्यमा पुग्ने फाइदा र जीवन विज्ञानको विश्वव्यापी अभियानका बारेमा जानकारीमूलक प्रवचन दिएका थिए । जीवन विज्ञानका व्यवस्थापक किरण रूपाखेतीका अनुसार देशभर १६ सय प्रशिक्षक रहेका छन् ।
तिनै १६ सय प्रशिक्षकमार्फत् ३ सयभन्दा बढी भौतिकरूपमा देशविदेशमा शाखाहरू सञ्चालन भैरहेका छन् । रूपाखेतीले थपे, ‘अनलाइनको माध्यामबाट पनि विश्वभरका हजारौंले कक्षा लिइरहेका छन् ।’
उनले जीवन विज्ञान भनेको मानवभित्र रहेको सम्भावनालाई अझ उचाइ दिनको लागि योगको माध्यमबाट कसरी अघि बढाउन सकिन्छ भन्ने मुख्य उद्देश्य रहेको बताए । कार्यक्रममा कोशी प्रदेशसभा सदस्य इन्द्रमणि पराजुली, जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, सुरक्षा निकायका प्रमुखहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलहरू सहभागी थिए ।