विराटनगर । विराटनगरका युवा व्यवसायी विकास अधिकारी लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ सी का गर्भनर बन्ने भएका छन् ।
अधिकारी आगामी वर्ष सन् २०२४–२५ का लागि डिष्ट्रिक गभर्नर बन्ने भएका हुन् । उनी हाल लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ सीका प्रथम भाइस गभर्नर हुन् । आगमी वैशाख ८ गते विराटनगरमा हुने डिष्ट्रिक कन्भेन्सनबाट उनी गभर्नरमा निर्वाचित हुनेछन् ।
त्यसको लागि अधिकारी इलेक्ट डिष्ट्रिक गभर्नरको पाँच दिने तालिममा सहभागी हुन आइतबार अमेरिकास्थित सिकागो प्रस्थान गरेका छन् । आगामी वर्ष अन्तर्राष्ट्रिय प्रोजेक्टहरू डिष्ट्रिकको व्यस्थापन र समुदायसँग जोडिएर लायन्सले काम गर्ने योजना रहेको अधिकारीले बताए ।
अधिकारी स्वास्थ्य र शिक्षा क्षेत्रका स्थापित युवा व्यवसायी हुन् । व्यवसायसँगै उनी लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेका छन् । ‘गभर्नर भएपछि आगामी वर्ष अन्तर्राष्ट्रिय प्रोजेक्टहरू डिष्ट्रिकको व्यस्थापन हुनेछ र समुदाय सङ्घ जोडिएर लायन्सले सामाजिक काम गर्ने योजना रहेको छ’ उनले भने, ‘आफ्नो कार्यकालभरि सामाजिक कार्यमा सक्रिय भएर लागिपर्नेछु ।’