धनकुटा । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाले तामाङ प्रतिभाहरूलाई हौसला, सम्मान, उत्प्रेरणा एवम् सहयोग प्रदान गर्ने उद्देश्यले ५ लाख बराबरको अक्षयकोष स्थापना गरिएको छ ।

२८६० डुक ल्हो सोनाम ल्होछार समापनको अवसर पारेर शनिबार धनकुटाको हिलेमा आयोजना गरिएको शुभकामना आदान–प्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रममा तामाङ प्रतिभाहरूलाई सम्मान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङका पूर्व सङ्घीय अध्यक्ष धनप्रसाद तामाङ र विशेष अतिथि जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले संयुक्तरूपमा गरे ।

आगामी १ वर्षभित्रमा ५ लाख रुपैयाँ पुर्याउने उद्देश्यका साथ सुरु गरिएको अक्षयकोषको लागि शनिबार ७० हजार ७ सय ५५ रुपैयाँ नगद सङ्कलन भएको जिल्ला घेदुङ धनकुटाका सचिव गजसिं घिसिङले बताए ।