धरान । नेपाल मगर सङ्घ धरान उपमहानगर समितिले नेपाल मगर सङ्घको ४२ आंै स्थापना दिवस विविध कार्यक्रम सहित मनाएको छ ।

दुई दिनसम्म विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाइएको हो । सो अवसरमा मङ्गलबार धरान–६ पानबारी सामुदायिक वनमा ‘चिन्डीके डुप्के २०८०’  अर्थात् वनभोज कार्यक्रम सम्पन्न भएको छ ।

त्यस्तै दोस्रो दिन बुधबार धरान–१५ स्थित पूर्वाञ्चल ज्ञान चक्षु विद्यालयका दृष्टिविहीन विद्यार्थीहरूलाई दिउँसोको खाजा खुवाएर कार्यक्रम सम्पन्न भएको छ । उक्त विद्यालय नेपालकै एक मात्र दृष्टिविहीन विद्यार्थीहरू पठन–पाठन गर्ने आवासीय विद्यालय हो । त्यहाँ हाल ७४ जना विद्यार्थीहरू अध्ययनरत छन् ।

नेपाल मगर सङ्घले तत्कालीन नेपाल लाङ्घाली परिवार सङ्घको २०३९ फागुन १४ देखि १६ गतेसम्म तनहँु जिल्लाको दमौलीमा सम्पन्न प्रथम अधिवेशनलाई गणना गर्दै मगर दिवस मनाउँदै आएको छ ।